धन्यवाद

धन्यवाद

फेदाप कोयाखोला जिल्ला तेह्रथुम खाम्लालुङ गाउँ विकास समिति वार्ड नं. ४ वाईफुङ स्थित साधारण ईस्बो परिवारमा जन्म लिईै खोजविन अनुसन्धान कार्यमा तल्लीन एवं अत्यन्त लगनशील व्यक्तितव भएका श्री रुम बहादुर ईस्बोहाङद्वारा लिखित ईस्बो वंशावली शुरु देखि अन्त्य सम्म पढियो । लेखक ज्यूले अत्यन्त मिहिनेत गरी श्रृतिलाई आधार लिई मुन्धुमद्वारा अभिव्यक्त गरिएको छ । त्यसर्थ यो अनुसन्धात्मक ईस्बो वंशावलीको रुपमा रहेको यसबाट समाज, संस्कृति र ईतिहासको पानामा नै ईट थपी अध्ययन अनुसन्धान एवं अरु जात जातीलाई यस्तो कार्य प्रति ठूलो टेवा र प्रेरणा मिल्नेछ भन्ने आशा लिएकाछौं । यस्तो अत्यन्त सह्रानिय “ईस्बो वंशावली” तयार गर्नु भएकोमा लेखक, ईस्बो वंशावली प्रकाशक जगत बहादुर ईस्बोहाङ, नारायण प्रसाद ईस्बोहाङ, शिव कुमार ईस्बोहाङ विशेष सहयोगी दुर्गा प्रसाद फोपोहाङ साथै अन्य सहयोगी अकल बहादुर ईस्बोहाङ र लोक बहादुर ईस्बोहाङलाई पनि स–धनयवाद ज्ञापन गर्दछौं ।

(पहिलो संस्करण–२०५३ बाट साभार)

सम्पूर्ण ईस्बो परिवार